२० औं एसियाली खेलकुद तीन वर्षपछि जापानको नागोयामा

२० औं एसियाली खेलकुद तीन वर्षपछि जापानको नागोयामा फोटो स्रोत : सिन्ह्वा ।
सुन्नुहोस्

चीनमा १६ दिनदेखि जारी १९ औं एसियाली खेलकुदको औपचारिक समापन भएको छ । खेलकुद समापनसँगै आगामी २० औं खेलकुद जापानको नागोया शहरमा सन् २०२६ मा हुने भएको छ ।

आज साँझ चीनको हाङ्चौमा आयोजित समापन समारोहमा प्रधानमन्त्री लि छ्याङ प्रमुख अतिथि रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । चीनमा तेस्रो पटक भएको एसियाली खेलकुदमा आयोजक राष्ट्र २०१ स्वर्ण, १११ रजत र ७१ कास्य पदक जितेर प्रथम भएको छ । 

उद्घाटन समारोहमा चिनियाँ पौडी खेलाडी वाङ सुनले डिजिटल टर्चबाट खेलमा ओलम्पिक टर्च बालेका थिए । उनैले समापन समारोहमा उक्त टर्च फिर्ता गरेका हुन् ।

 

चीनपछि जापान ५२ स्वर्ण, दक्षिण कोरिया ४२ स्वर्ण पदक जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । २७ मुलुकले स्वर्ण पदक जितेका छन् भने ४५ मध्ये ४१ मुलुकले अन्य पदक हात पारेका हुन् ।

टिप्पणीहरू