मेयरसाप लाइभमै आए, कमिशन कुन मन्त्रीले खाए ?

मेयरसाप लाइभमै आए, कमिशन कुन मन्त्रीले खाए ?
सुन्नुहोस्

रुकुम पश्चिमको आठबिसकोट नगर प्रमुख रवि केसीले जनताका आवश्यकताको आधारमा बजेट माग गर्दा पनि मन्त्रीले कमिसन मागेको फेसबुक लाइभमार्फत बताएका छन् । 

केसीले आठबिसकोट नगरपालिकामा आवश्यकताका आधारमा बजेट उपलब्ध नहुँदा गत आर्थिक वर्षको काम सम्पन्न भए पनि साढे १३ करोडभन्दा बढी दायित्व व्यहोर्नुपरेकाले स्थानीय उपभोक्ता समिति र निर्माण कम्पनीलाई रकम दिन नसकेको बताए । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा नै रुकुम पश्चिमका हुन् । संघीय सरकारमा अहिले रुकुम पश्चिमबाट कुनै पनि मन्त्री छैनन् । त्यस्तै, रुकुमकै विमला केसी माओवादी केन्द्रको प्रदेश अध्यक्ष छिन् ।

नाम किटान नगरे पनि नगर प्रमुख केसीले प्रदेश सरकार र आफ्नै राजनीतिक नेतृत्वप्रति बढी आलोचना गरेका छन् । उनी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सदस्य पनि हुन् । 
 

टिप्पणीहरू