संसदमा ‘नालायक गठबन्धन’ भनेकै भोलिपल्ट सिंहदरबारमा भेटवार्ता
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान पौने १० बजेदेखि झण्डै एक घण्टा सिंहदरबारमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक (टिआरसी) बारे लामो छलफल भएको स्रोतको दाबी छ ।
यसअघि हिजो प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारलाई ‘नालायक’ को संज्ञा दिनुभएको थियो ।
टिप्पणीहरू