पशुपतिनाथ काण्डमा को को पेलिँदै

पशुपतिनाथ काण्डमा को को पेलिँदै फाइल फाेटाे

पशुपतिनाथको शिवलिंगमा राखिएको जलहरी प्रकरण फेरि चर्किएको छ । सुन जोख्दा विधि र प्रकृया नपुगेका कारण त्यहाँ नयाँ लफडा शुरु भएको हो । अख्तियारले जोख्दा पनि आधा किलो एक किलो कम देखिएको थियो ।  त्यति धेरै सुन गाल्दा, चुडिँदा, जर्दी काट्दा केही न केही सुन घट्नु स्वाभाविक हो  । तर, कतिपय काम प्रक्रियासंगत नहुँदा दुई–चारजनालाई मुद्दा चलाउने तयारी भइरहेको छ । 

उनीहरुले ज्यालामा वा अन्य कतै गडबड गरेको आशंका छ । जलहरी जडानका क्रममा क–कसले दान दिए, त्यसको अभिलेख छैन । त्यसैले यस्तै प्राविधिक विषयमा विधि नपुर्‍याएको कारण भनेर दुईचार जना मुछिने खतरा बढेको हो । यसमा पूर्वसदस्य सचिव प्रदीप ढकाल, अहिलेका सदस्य सचिव मिलन थापा, उपेन्द्र बाराही (बाँडा), परिषद्का पूर्वसदस्य भगवतीप्रसाद देव, यस्तै तालाचाबी राख्ने अरुणकुमार श्रेष्ठहरुको नाम आएको छ । उनीहरुले जिन्सी, सुनचाँदी राख्ने गरेका थिए । उनीहरुमाथि अख्तियारले दुई–तीन पटकका दरले सोधपुछ गरिसकेको छ । 

पछिल्लो समय सदस्य सचिव मिलन थापाले कोषको लेटरप्याडमै स्पष्टिकरण लेख्दै अख्तियारका मान्छेले पैसा मागेको, यदि न्याय नपाए जलहरीमै गएर आत्महत्या गर्नेजस्ता चोरको खुट्टा काट्ने कुरा लेखेका छन् । त्यस्तो कुरा लेखेपछि अख्तियार उनीसँग झन् बिच्किएको छ । भनिन्छ, प्रधानमन्त्री, मन्त्रीले भनेपछि जे पनि गरिहाल्ने कारणले गर्दा यो समस्या आइरहेको बुझ्न सकिन्छ । 

यो काम गर भनेर आदेश दिने प्रधानमन्त्री, राष्ट्रपतिहरु पदावधि सकेर बाटो लागिसके । अहिले सबै कोट्याउदै जाँदा विधि पुगेन, प्रकृया पुगेन भन्ने नाममा कर्मचारी र पदाधिकारी पर्ने नै भए । 

– भैरवकान्त वैद्य
 

टिप्पणीहरू