सरकारी समाचार समितिले एमाले नेताको नामै बिगार्ने ?

सरकारी समाचार समितिले एमाले नेताको नामै बिगार्ने ?

एमालेको कर्णाली प्रदेश अधिवेशनले सल्यानका पुराना कम्युनिस्ट नेता गुलाबजंग शाहलाई अध्यक्षमा निर्वाचित गरेको छ । यसवारे राष्ट्रिय समाचार समितिले आफ्नो बुलेटिनमा हिजो  प्रकाशित गरेको छ ।

तर,अध्यक्ष शाहको नामको बीचमा एउटा अक्षर नलेखिँदा अर्थको अनर्थ हुन पुगेको छ । गुलाबजंगको बीचको ‘ब’ नलेखिँदा पुरुष जनेन्द्रीय भन्ने बुझिन्छ ।
"देख्दा सानो तर बिजयको उल्लासलाई खल्लो बनाइदिने यस्तो भूल अक्षम्य छ"-शाहले स्थानीय पत्रकारहरुलाई बताए ।

 

३६९ मत ल्याएर विजयी शाहको नाम टाइप गर्ने क्रममा सावधानी नअपनाउँदा स्वयम् अध्यक्ष र एमालेप्रति नियोजित ढंगले त्यस्तो गरिएको हुनसक्ने महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् । सरकारी सन्चार माध्यमबाट पटकपटक हुने यस्तो हेलचेक्र्याईबिरुध्द प्रेस चौतारी नेपालले सन्चार मन्त्री रेखा शर्मा र रासस अध्यक्ष धर्मेन्द्र झासहित त्यहीँका एमालेनिकट महाप्रबन्धक सिध्दराज राईलाई भेटेर ज्ञापनपत्र बुझाउन लागिएको बुझिएको छ ।

टिप्पणीहरू