राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार, बहालरत सचिव मधु मरासिनीविरुद्ध मुद्दा

राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार, बहालरत सचिव मधु मरासिनीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगले आवश्यक पूर्वाधार तयार नगरी हचुवाको भरमा २५ करोड रुपैयाँ खर्चेर पेमेन्ट गेटवे प्रणाली खरिद गरेको निश्कर्ष निकालेको छ ।  छ वर्षअघि खरिद गरिएको उक्त गेटवे हालसम्म प्रयोगमा आउन सकेको छैन ।

उक्त सिस्टम खरिदमा भ्रष्टाचार गरेको आरोपमा केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

मरासिनी त्यतिबेला अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख थिए । उनले नै २५ करोड बजेट निकासा गराएको आरोपमा मुद्दा दायर भएको हो ।

टिप्पणीहरू