हुम्लाको बाटो भएर मानसरोवर जाने व्यवस्थाका लागि चीनसँग सहमति भइसक्यो - प्रधानमन्त्री प्रचण्ड

हुम्लाको बाटो भएर मानसरोवर जाने व्यवस्थाका लागि चीनसँग सहमति भइसक्यो - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकनपछि यस्तो बताउनुभएको हो । त्यसक्रममा उहाँले नेपाली, भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै मानसरोवर भ्रमण गर्न सक्ने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी पनि दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ आवत-जावत गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने पनि बताउनुभएको छ ।

 

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहको छ भने हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल-चीन सीमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ । सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक सञ्जाल जोडिएको भएपनि ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न सहज छैन ।

 

प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर बृद्दि गर्ने काम छिट्टै अघि बढाइने बताउनुभएको हो ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोबर ताल रहेको छ । मानसरोबर ताल पनि हिन्दूहरुका लागि पवित्र तिर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेबले यही मानसरोबर तालमा स्नान गर्ने गर्दछन् भन्ने हिन्दू धर्मावलम्बीहरुमा विश्वास रहीआएको छ ।

टिप्पणीहरू