रेबिजको सुई लगाउन एक घण्टा खुलेको टेकू अस्पताल बन्द

रेबिजको सुई लगाउन एक घण्टा खुलेको टेकू अस्पताल बन्द
सुन्नुहोस्

सहकर्मी कुटिएको विरोधमा आज चिकित्सकहरुले सबै सरकारी स्वास्थ्य संस्था बन्द गराएका छन् । उनीहरुले मुलुकभरका अस्पताल तथा स्वास्थ्य संस्थामा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

राजधानीको टेकूस्थित सरुवा रोग अस्पतालमा बिहान १० बजेदेखि एक घण्टासम्म खुलेको रेबिजको सुई लगाउने कार्य बन्द भएको छ । नेपाल चिकित्सक संघले आन्दोलन प्रारम्भ भएको बताउँदै आज अस्पताल बन्द गराएपछि इमर्जेन्सी सेवा मात्र सुचारु गर्न निर्देशन दिएको हो ।

बिहानैदेखि अधिकांश अस्पताल पुगेका बिरामीहरु अलपत्र परेका छन् । गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटपछि चिकित्सक संघले आन्दोलन थालेको बताइएको छ ।

टिप्पणीहरू