अस्पतालभित्र पसेर डाक्टर कुट्नेलाई कारवाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

अस्पतालभित्र पसेर डाक्टर कुट्नेलाई कारवाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्ने जोसुकै भएपनि कानुनी दायरामा ल्याइने प्रतिवद्धता जनाउनुभएको छ । 

हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएको घटनालाई लिएर ध्यानाकर्षण गराउन पुगेको नेपाल चिकित्सक संघका प्रतिनिधिहरूको टोलीसमक्ष प्रधानमन्त्रीलो यस्तो प्रतिवद्धता आएको हो । आज संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले डाक्टर कुट्नेलाई कारवाही हुनेमा विश्वस्त हुन् आग्रह गर्नुभयो । 

अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा युवाहरुको एक समूहले डा.थापा र डा.विडारीमाथि हिजो सांघातिक आक्रमण गरेको थियो । एक महिनाअघि पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको विषयलाई मृतकका आफन्तले डाक्टरको लापरबाही भन्दै  कुटपिट गरेको बताइएको छ ।

चिकित्सकद्वयमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरिसकेको छ ।

टिप्पणीहरू