एमालेमा अध्यक्षकै उम्मेदवारीविरुध्द उजुरी

एमालेमा अध्यक्षकै उम्मेदवारीविरुध्द उजुरी

एमाले लुम्बिनी प्रदेशको अध्यक्षका उम्मेदवार हरि रिजालविरुद्ध उजुरी परेको छ जसमा उनको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाइएको छ ।

लुम्बिनी अध्यक्षका लागि रिजालसँगै राधाकृष्ण कँडेल चुनावी मैदानमा छन् । आज (सोमबार) हुन लागेको निर्वाचनअघि रिजालविरुद्ध निर्वाचन समितिमा उजुरी परेको एक नेताले बताए ।

ती नेताकाअनुसार रिजाल लुम्बिनी प्रदेश पार्टी सदस्य नरहेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ ।

रिजाल प्युठानको नौबहिनी गाउँपालिका– ६ का हुन् ।
 

टिप्पणीहरू