संसद खुलाउने विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच एकाबिहानै छलफल

संसद खुलाउने विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच एकाबिहानै छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको हो । प्रधानमन्त्री भेट्न नेता खनाल बिहान पौने आठ बजे बालुवाटार पुग्नुभएको थियो । 

झन्डै एक घण्टा लामो भेटमा संसदको गतिरोध खुलाउनेबारे छलफल भएको बताइएको छ । 

सुन तस्करी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले साउन १० यता प्रतिनिधिसभाका सबै बैठक अवरुद्ध पार्दै आएको छ । सत्ता र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संसद खुलाउन प्रधानमन्त्री र सभामुखसहित शीर्ष तहमा भएका प्रयास सफल भएको छैन । 

आजका लागि तय भएको संसद बैठक पनि बस्ने, नबस्ने निश्चित छैन ।

टिप्पणीहरू