रणनीति बनाउन जुटे एकीकृत समाजवादीका नेताहरु
सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक शुरु भएको छ ।
आलोकनगरस्थित पार्टी मुख्यालयमा अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा मध्याह्न १२ बजेदेखि बैठक शुरु भएको हो । चौंथो पोलिटब्युरो बैठक अहिले जारी छ ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष डा. बेदुराम भुसाल, प्रमेश हमाल, जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, डा.विजय पौडेल, जगनाथ खतिवडा, डा. गंगालाल तुलाधर, स्थायी कमिटी सदस्यहरु भानुभक्त जोशी, सावित्रा भुषाललगायत सबैजसो पोलिटब्युरो सदस्यहरुको उपस्थिति छ ।
आज र भाेलि दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, आगामी केन्द्रीय कमिटी बैठक र पार्टीकाे भावी कार्यदिशा र रणनीतिका सम्बन्धमा छलफल हुने बताइएको छ ।
समाजवादीको केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बस्दैछ ।
टिप्पणीहरू