भागेका मारवाडी कता–कता पुगे
कानुनतः नेपालमा दोहोरो नागरिकता र राहदानीको सुविधा छैनमात्रै हैन, त्यस्तो स्थितिमा कडा फौजदारी दफा आकर्षित हुने व्यवस्था नै छ । तर, यस्तो हुँदा पनि कतिपय मारवाडीसँग दोहोरो नागरिकतादेखि राहदानीसम्म रहेको पछिल्ला केही काण्डमा उनीहरु मुछिएपछि खुल्न थालेका छन् ।
बहुचर्चित ललिता निवास प्रकरणमा मुछिएका कोही पनि मारवाडी अहिले देशमा छैनन्, ‘फरार’ भइसके । किनभने, उनीहरुसँग नेपाल, भारतदेखि दुबईसम्म निर्वाध आवतजावत गर्नसक्ने कागजात सुरक्षित छन् । नेपाली राहदानी लिएर भारतीय बाटो हुँदै तेस्रो मुलुक जाने मारवाडीलाई दिल्लीस्थित नेपाली दूतावासले जारी गर्नुपर्ने एनओसी (नो अब्जेक्सन लेटर) ले नियन्त्रण गथ्र्यो । तर, राहदानी नै भारतीय परेपछि रोकोस्, छेकोस् कसले ? ललिता निवास प्रकरणमा प्रतिवादी करार गरिएका मनोजकुमार केडिया संयुक्त अरब इमिरेट्स (युएई, दुबई) मा छन् । उनको बृज सिमेण्टसहित विभिन्न व्यवसायमा संलग्नता छ । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष रहेका उनले उक्त पदमा नेपाली नागरिक नभएको भए बहाल हुन पाउने थिएनन् ।
उनले ताराचन्द्र केडियाको छोराका रुपमा पर्सा जिल्लाबाट १६०३१८६४६ नम्बरको बंशजको आधारमा नेपाली नागरिकता लिएका छन् । स्वाभाविक हो, बंशजको नागरिकसँग नेपाली राहदानी हुन्छ नै ! तर, उनी नेपाली राहदानी देखाएर दुबई पुगेका छैनन् । यदि त्यसो हुन्थ्यो भने त्यो सूचना दिल्लीस्थित नेपाली दूतावाससँग हुनुपथ्र्यो । किनभने, नेपाली राहदानी भएको कुनै पनि यात्रुलाई भारतीय विमानस्थलले दूतावासको पत्रबिना यात्रा अनुमति दिँदैन । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने अहिले पनि दोहोरो राहदानी मुद्दामा सर्वोच्च अदालतमा विचाराधी स्थितिमा छन् । रविमाथि कारवाही प्रक्रिया अगाडि बढ्छ भने धनाढ्य मारवाडीहरु किन र कसरी यस्तो मामिलामा जोगिँदै आएका छन् ? यो खोजीको विषय बनेको छ ।
त्यस्तै ललिता निवास प्रकरणमै प्रतिवादी बनाइएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल र उनका भाइ श्रवण गोयल दिल्लीमा छन् । शिवम् सिमेन्टसहितका व्यवसायमा संलग्न सन्दिपकुमार शारडा सोही प्रकरणमा मुछिएदेखि कलकत्तामा बस्न थालेका छन् । उनी जर्जियाका तर्फबाट नेपालका लागि वाणिज्यदूत पनि हुन् । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई पनि दिल्लीमै छन् । त्यहाँको एम टुके अपार्टमेन्ट मोडल टाउनमा बस्ने गर्छन् । मुछिएका मारवाडीमध्ये सबभन्दा निरीह छिन्, संगीता बोथरा । अहिले भागेर दिल्ली पुगेकी उनका पतिले न्युरोडमा एउटा सानो इलेक्ट्रिक पसल चलाएका छन् ।
टिप्पणीहरू