एमाले अध्यक्ष नेपालगञ्जमा, राष्ट्रिय सभा अध्यक्ष पोखरा प्रस्थान
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पोखरा जानुभएको छ । उहाँ बिहान साढे ९ बजे काठमाडौंबाट यति एअरलाइन्सको उडान नम्बर एनवाईटी ६७५ मा त्यता जानुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज जानुभएको छ । उहाँ श्री एअरलाइन्सको उडान नम्बर एसएचए ४३३ मा बिहान पौने १२ बजे त्यता प्रस्थान गर्नुभएको हो ।
अध्यक्ष ओलीसँगै उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेल पनि नेपालगञ्ज जानुभएको छ ।
टिप्पणीहरू