प्रतिनिधिसभा असभ्य भयो - वामदेव गौतम
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सांसद वामदेव गौतमले प्रतिनिधिसभा असभ्य बन्न थालेको टिप्पणी गर्नुभएको छ ।
आज राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा उहाँले असभ्य र संस्कृतिहीन रूपमा प्रतिनिधिसभा सञ्चालन हुन थालेको बताउनुभएको हो । संसदको नियमावलीलाई बेवास्ता गर्दै सांसदहरु जथाभावी रूपमा उठेर बोल्ने गरेको बताउँदै गौतमले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि प्रतिनिधिसभामा भइरहेको उल्लेख गर्नुभयो ।
नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले झनै असभ्य र संस्कृतिहीन भैरहेको गौतमको भनाइ छ ।
टिप्पणीहरू