मन्त्रीले भनेझैँ निजामती प्रशासनमा उल्लेख्य सुधार कहिले ?

मन्त्रीले भनेझैँ निजामती प्रशासनमा उल्लेख्य सुधार कहिले ?

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती प्रशासनमा व्याप्त विकृतिलाई हटाउने बताउनुभएको छ । पहुँचका आधारमा वर्षौंदेखि सरुवा बढुवामा हुँदै आएको चलखेलमा सुधार ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । 

विकृति हटाउने पहलस्वरुप मन्त्रीले  दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन निवेदन दिन आग्रह गर्नुभएको छ । त्यसैगरी उपत्यकामा तीन वर्ष बसिसकेका कर्मचारीलाई उपत्यका बाहिर पठाउने नीति बनाइएको जानकारी पनि मन्त्रीले दिनुभएको छ । 

निजामती कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउन मन्त्री मोदीले गत जेठ २९ गते गठित कार्यदलको प्रतिवेदन बुझेपछि उक्त धारणा राख्नुभएको हो । सोही प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा मन्त्री मोदीको निर्देशनपछि मन्त्रालयले हिजै सूचना जारी गरिसकेको छ ।   

मन्त्रालयमा पदभार सम्हालेदेखि नै मन्त्री मोदीले पहुँचविहीनहरु सँधै विकटमा रहिरहनुपर्ने बाध्यताको अन्त्य गर्ने धारणा राख्दै आउनुभएको थियो । मन्त्रालयले सरुवा व्यवस्थापनको निम्ति प्रत्येक निजामती कर्मचारीले हालसम्मको विवरण (नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारीलगायत सम्पूर्ण विवरण) सात दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न समेत निर्देशन जारी गरेको छ ।

टिप्पणीहरू