बालुवाटार काण्डमा संलग्न सबै मारवाडी व्यापारी बेपत्ता

बालुवाटार काण्डमा संलग्न सबै मारवाडी व्यापारी बेपत्ता

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान कसिलो बनाउन थालेपछि भारतीय मूलका भएभरका आरोपित देशै छाडेर भागेका छन् । दलालसँग सेटिङ मिलाएर ललिता निवासको सरकारी जग्गा न्यून मूल्यमा किनेका ६ जनाको यसरी भागाभाग भएको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा र न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गरेर उन्मुक्ति पाएकै शैलीमा फुत्किने प्रयास असफल भएपछि उनीहरू देशै छोडेर हिँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी भाग्नेहरूमा सन्दिप सारडा (एनआईसी एसिया बैंकको प्रमोटर र विदेशी मदिराको वितरक), मनोज केडिया (सिद्धार्थ बैंकका अध्यक्ष र श्रीराम मिल्कको साहुजी), श्रवण गोयल (सनराइज बैंकको प्रमोटर र हेभी इक्विपमेन्ट इम्पोर्टर), गोविन्द सांघाई (एनएलआइसी इन्स्योरेन्स र इलामको सोक्तिम चिया कम्पनीसँग सम्बद्ध), कैलाश गोयल (मारवाडी सेवा समितिका अध्यक्ष) र संगीता बोथरा छन् । जसमध्ये सन्दिप, मनोज र श्रवण भारत हुँदै दुबई पुगेका छन् भने अरु तीन जना अहिलेसम्म दिल्लीमै रहेको प्रहरीको नोटिसमा छ ।   

उनीहरू सबै सडकमार्ग हुँदै दिल्ली पुगेको बताइएको छ । त्यहाँबाट भीसा लगाएर दुबई पुगेकाहरू अहिले त्यतै छन् । नेपाली पासपोर्ट होल्डरहरूलाई दिल्लीबाट अर्को कुनै देश जानुपर्दा एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लेटर अनिवार्य छ । त्यहाँस्थित नेपाली दूतावासबाट यस्तो पत्र नलिई कुनै पनि नेपाली पासपोर्ट देखाएर अर्को देश जान पाउँदैन । अचम्मको कुरा, नेपालमा प्रहरीले समात्न ठीक परेको बेला भागेर दिल्ली पुगेका यिनीहरूलाई दूतावासले के आधारमा एनओसी दियो ? अनुसन्धान अधिकारीहरूसमेत चकित परेका छन् । काठमाडौँबाट सडक मार्ग हुँदै भारत छिरेर दिल्ली पुगेका गोविन्द, कैलाश र संगीता भने अहिलेसम्म त्यहीँ छन् । उनीहरू पनि त्यसैगरी दूतावासबाट एनओसी लिएर भाग्ने सम्भावना उच्च रहेको बताइन्छ । 

अर्कोतिर, फौजदारी अभियोगका एकजना अभियुक्त भने प्रहरी र अदालतमा सेटिङ मिलाएर एक–दुई दिनमा दिल्लीबाट नेपाल फर्किने तरखरमा रहेको चाल पाएपछि प्रहरी सतर्क भएको छ । गत वैशाख १९ गते चितवनको पोल्ट्री कारखाना ‘अनमोल फिड्स’का मालिक शंकर कँडेललाई कार्यालयमै ९ पेजको सुसाइड नोट लेखेर आत्महत्या गर्न बाध्य पारेको आरोप लागेपछि प्रदिप रुङ्गटा भागेर दिल्ली पुगेका थिए । उनी सेटिङमा नेपाल फर्किन लागेको प्रहरी स्रोतले बतायो । हिलटेक कम्पनीका मालिक कमल जैनले प्रहरी र अदालतमा कुरा मिलाइदिएर आत्महत्या दुरुत्साहन कसुरका आरोपितलाई नेपाल बोलाएको स्रोतको दाबी छ ।
 

टिप्पणीहरू