किड्नीका बिरामीको मृत्यु भएपछि वीरका डाक्टर कारबाहीमा

किड्नीका बिरामीको मृत्यु भएपछि वीरका डाक्टर कारबाहीमा

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेपछि उपचारमा संलग्न वीर अस्पतालका एक डाक्टर विभागीय कारवाहीमा परेका छन् । 

बिरामीको मृत्युपछि आन्दोलनमा उत्रिएको पीडित पक्षको माग बमोजिम उपचारमा संलग्न चिकित्सकलाई आन्तरिक रुपमा विभागीय कारवाही गर्न अस्पताल प्रशासन सहमत भएको हो । सहमतिसँगै पीडितहारको आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार अस्पतालले मृतकको शव घरसम्म पुर्याउनु पर्नेछ भने मृतकका आफन्तले चाहेमा कोमा गरिने छ । 

आज अपराह्न साढे चार बजे बाराको कोल्हबी नगरपालिका-४ का ५४ वर्षीय बिष्णु कुँवरको मृगौलाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएकाे थियो । बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल हाताभित्र आन्दोलन गरेका थिए । त्यसपछि दुई पक्षबीच भएको वार्तामा तीन बुँदे सहमति भएको हो ।

टिप्पणीहरू