माधव नेपाल श्रीलंका प्रस्थान, पर्यटन सचिवको आगमन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका जानुभएको छ । उहाँ श्रीलंकन एअरको उडान नम्बर युएल १८२ मा दिउँसो पौने २ बजे काठमाडौंबाट कोलम्बो प्रस्थान गर्नुभएको हो ।
अध्यक्ष नेपाललाई बिदाई गर्न त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता पुगेका थिए ।
आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी कोलम्बोबाट नेपाल फर्कनुभएको बताइएको छ । अधिकारी श्रीलंकन एयरको उडान नम्बर युएल १८१ मा मध्यान्ह १२ बजे काठमाडौं आइपुग्नुभएको हो ।
टिप्पणीहरू