राष्ट्रपतिका सल्लाहकार दिल्ली पुगे
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार तथा नेपाली काँग्रेसका नेता सुनिलबहादुर थापा भारतको राजधानी नयाँ दिल्ली गएका छन् ।
उनी आज बिहान काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । इण्डिगो एयरको उडान नम्बर ६इ ११५२ मा थापा सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यता गएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका प्रभावशाली नेता सूर्यबहादुर थापाका छोरा सुनिल काँग्रेसभित्र भारतनिकट नेताका रुपमा चिनिन्छन् । वाह्य शक्ति सन्तुलन मिलाउनैका लागि सभापति शेरबहादुर देउवाको आग्रहमा राष्ट्रपतिले उनलाई सल्लाहकार बनाएको चर्चा यसअघि नै भएको थियो ।
टिप्पणीहरू