केपी ओलीलाई एकतामा आउन प्रधानमन्त्रीको प्रस्ताव, प्रचण्डले प्रयास गरिहेको माधव नेपालको भनाई

केपी ओलीलाई एकतामा आउन प्रधानमन्त्रीको प्रस्ताव, प्रचण्डले प्रयास गरिहेको माधव नेपालको भनाई

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको नयाँं यात्रा तय गर्न कम्युनिष्ट शक्तिहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजवादको नयांँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरुको एकता आवाश्यक भएको बताउनुभएको हो । उहाँले टुक्रिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि वढ्न आह्वानसमेत गर्नुभयो ।  

 पछिल्लो समय आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको पार्टीहरुबीच सहकार्य शुरु भएको उल्लेख गर्दै उहाँले एमालेलाई पनि एकतामा आउन आग्रह गर्नुभयो । विगतमा एमाले र माओवादी केन्द्रको एकता बचाउन नसक्नु दुःखद् भएको पनि प्रचण्डको भनाई थियो ।

त्यसबेलाको कमजोरीबाट सिकेर नयाँं शिराबाट एकताको दिशामा अगाडि वढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

 कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको र अव जनताको जीवन बदल्न काम गर्नुपर्ने बताउनुभयो ।  जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने दावी गर्नुभएका नेपालले त्यसका लागि प्रधानमन्त्रीका रुपमा प्रचण्डले प्रयास गरिरहेको उल्लेख गर्नुभयो । 

 सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे कम्युनिष्ट आन्दोलनको लक्ष्य हासिल हुने उहाँको विश्वास छ ।

टिप्पणीहरू