माओवादीले कोशीमा कार्कीलाई मत नदिने

माओवादीले कोशीमा कार्कीलाई मत नदिने

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । 

यसअघि मुख्यमन्त्रीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पत्राचार गरेका थिए । तर, माओवादीले विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । 

यसैगरी नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । 

माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि कोशी सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेपछि प्रदेशसभाको जारी अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् बजेट ल्याएका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने प्रयोजनार्थ विशेष अधिवेशन बोलाइएको हो ।

टिप्पणीहरू