टापटिपेलाई जिम्मेवारी दिइएकोमा घण्टीका कार्यकर्ता रुष्ट
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–काभ्रे सम्पर्क विभाग गठन गरेको छ ।
भक्तपुरको लोकन्थलीस्थित इन्द्रसान ब्याङ्केटमा आयोजित भेलाले विभाग खडा गरेको बताइन्छ । कमिटी सात सदस्यीय बनाइएको सदस्य प्रदीप खड्काले जानकारी दिएका छन् । उनका अनुसार भुम्लु गाउँपालिका वडा नम्बर १ का साधुराम गिरी सभापति चुनिएका छन् ।
त्यस्तै, उपसभापतिमा वडा नम्बर १० की दीपा बुढाथोकी र सचिवमा वडा नम्बर ४ का विक्रम कुँवरलाई छनौट गरिएको छ । सदस्यमा वडा नम्बर २ का प्रदीप खड्का, वडा नम्बर ८ का रामचन्द्र श्रेष्ठ, वडा नम्बर ९ का जीवन शाह र वडा नम्बर २ की सोनिया पहरी छन् ।

तर, विभाग गठनलाई लिएर घण्टीका पुराना कार्यकर्ताहरुले चर्को आलोचना गरेका छन् । नयाँ पार्टीमा पुराना दलका अनुहार राखिएको भन्दै विरोध भएको हो । सदस्य प्रदीपबाहेक बाँकी सबै विभिन्न पार्टी छोडेर रास्वपामा भित्रिएकाहरु हुन् । उनीहरुको आरोप छ, ‘टापटिपेहरुलाई जिम्मेवारी दिइयो । हाम्रो आपत्ति छ ।’

अवसर र पदका लागि पार्टी चाहर्नेहरुबाट कुनै आश नभएको जनाउँदै कार्यकर्ताले विभाग गठनप्रति असन्तुष्टी जनाएको बताइन्छ ।

टिप्पणीहरू