लमजुङको जेलबाट कैदी फरार

लमजुङको जेलबाट कैदी फरार

जिल्ला कारागार लमजुङबाट दुई जना कैदी बेपत्ता भएका छन् । बेसीशहरस्थित कारागारबाट रातको समयमा कैदी भागेको बताइएको छ ।

उत्तर पश्चिमतर्फको पर्खाल नाघेर दुई जना कैदी फरार भएको प्रहरीले जनाएको छ । कारागारमा रहेका गोरखा चुमनुब्री गाउँपालिका ३ का चन्द्रबहादुर गुरुङ र मध्यनेपाल नगरपालिका ४ का विनोद विक भागेका हुन् । 

उनीहरु रातको समयमा बिहानीपख २ बजे फरार भएको अनुमान गरिएको छ । प्रहरीले फरार कैदीको खोजी गरेको जनाएको छ ।

टिप्पणीहरू