पीसीआर रिपोर्ट र कोभिड १९ खोप प्रमाणपत्र आवश्यक छैन : नेपाल सरकार

पीसीआर रिपोर्ट र कोभिड १९ खोप प्रमाणपत्र आवश्यक छैन : नेपाल सरकार

सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड–१९ खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने यसअघिको अनिवार्य प्रावधान हटाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिँदै कोभिड–१९ प्रोटोकलमा भएको निर्णय कार्यान्वयनमा ल्याउन भनेको हो ।
गत वैशाख ३१ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।  

अब अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले कोभिड खोपको क्युआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य रुपमा बोक्नुपर्ने छैन । तर, नेपालबाट अन्य मुलुक जाने यात्रुको हकमा सम्बन्धित गन्तव्य मुलुकले तोकेअनुसारका कागजात भने बोक्नुपर्ने छ ।

टिप्पणीहरू