सैनिक विस्फोटले घर गुमाएका पीडित माइतीघरमा

सडक निर्माणका क्रममा नेपाली सेनाले गरेको बिस्फोटबाट घर ध्वस्त भएपछि सडकमा पुगेका एकजना पीडित न्याय खोज्दै सडकमै ओर्लिएका छन् । 

गोरखाको बारपाक-२ सुलिकोटका ६६ वर्षीय तेल बहादुर घले क्षेतिपूर्ति माग गर्दै माइतीघर मण्डलामा धर्ना दिन पुगेका हुन् । आज दिउँसो माइतीघरको सडकमा एक्लै धर्ना बसेका उनले घटनास्थल र क्षतिग्रस्त घरको फोटोसमेत प्रदर्शन गरेका थिए। 

०७५ साल असोज १४ गते सेनाले सडक बनाउने क्रममा बिस्फोट गर्दा घलेको घर र होटेल पूर्णरुपमा क्षती भएको थियो । त्यसपछि सरकारले पटक-पटक गरि ३ वर्षमा १२ लाख रुपैया दिएकोमा आफ्नो ऋण चुक्ता नभएको र कानुनी उपचारमा जान खोज्दा सेनाले रोकेको उनको आरोप छ ।

टिप्पणीहरू