एमाले महासचिवको अर्काे आरोप

एमाले महासचिवको अर्काे  आरोप

सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखिरहने एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आरोपितहरुलाई जोगाउन खोजेको आरोप लगाएका छन् । प्रमाण छरप्रष्ट भइसक्दा पनि प्रहरीले छानबिन गर्न नचाहेको उनले बताए ।  

महासचिव पोखरेलले सत्तापक्षको निर्देशनअनुरुपको अनुसन्धान प्रतिवेदनलाई प्रहरीले हल्काफुल्का रुपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको दाबी गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसमा भनिएको छ, ‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसँगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो÷भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नल्याइकनै सत्तापक्षको निर्देशनअनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारी गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखि नै आशंकालाई पुष्टि गरेको छ ।’

यस्तो संवेदनशील र गम्भीर अपराधका विषयमा प्रहरीले गरेको कमजोरीको जति आलोचना गरे पनि कम हुनेसमेत पोखरेलले उल्लेख गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा–पत्नी तथा सांसद आरजु राणा र प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणलाई इंगित गर्दै पोखरेलको पछिल्लो टिप्पणी आएको हो ।

टिप्पणीहरू