सम्पत्ति चाहिने, बिमार बाबुआमा नचाहिने ?

सम्पत्ति चाहिने, बिमार बाबुआमा नचाहिने ?

जसले जन्मायो, हुर्कायो, पढायो, बढायो, कालान्तरमा तिनै बुवाआमाको सम्पत्तिका खातिर दुश्मन हुन्छन् भने त्यस्ता सन्तानको के काम ? बुवाआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढामाथि त्यसै भनिएको होइन रहेछ । जसलाई जीवनभर खाइ नखाई बढायो । उही आफ्नो खुट्टामा उभिने भएपछि जाइलाग्ने । चाहे छोरालाई डाक्टर बनाएपछि बूढेसकालमा घर न घाटको बनेको हरिकुमार श्रेष्ठ दम्पती होस् वा ८४ वर्षीय शेरबहादुर शाहका पतिपत्नी । बुवा आमाको श्रीसम्पत्ति दिदी र दाजु मिलेर खाइदिएपछि अहिले मिडिया गुहार्नु परेको छ । चोट ‘चोट’ नै हो चाहे आफ्नाले देओस् वा पराइले । आफ्नाले दिएको चोटको पीडा बढी हुँदो रहेछ । दिदी लक्ष्मी, दलाल भिनाजु कलेन्द्रविक्रम शाही र दाजु उत्तमकुमारले हो परिवार, बुवा आमाको यस्तो हविगत बनाइदिएको र आफ्नै परिवारविरुद्ध विषवमन गर्दै हिँड्नुपर्ने अवस्थामा पु¥याएको । सम्भवतः बुवा आमाको सोच थियो– जेठा छोरा/छोरीहरू खुट्टा टेक्ने भएपछि भाइबहिनीलाई हेर्लान् /पढाउलान्, बूढेसकालको लौरो बन्लान् । दिदी र दाजुले भाइबहिनीलाई त हेरेनन् नै बुवा आमाले आर्जन गरेको श्रीसम्पत्तिमा समेत गिद्धे नजर लगाए । अहिले त्यही श्रीसम्पत्तिका लागि एउटै लाम्टा चुसेका, एउटै रगतबाट जन्मिएका बहिनी र भाइ प्रधान दुश्मन बन्नुपरेको छ । 

बुवाआमाको सम्पत्ति र घरजग्गा जेठो दाइ उत्तमसँग मिलेर केही वर्षअगाडि निहारिकाले आफ्नो नाममा गरेकी छन् । ११ वर्ष पहिला जेठो दाइको डिभोर्स हुँदा जेठी दिदीसँग मिलेर बुवाआमालाई फकाई सबै सम्पत्ति निहारिकाको नाममा ल्याउन सफल भएका हुन् । बुवाले दिदीलाई सम्पति फिर्ता दिन आग्रह गर्दा विभिन्न बाहना बनाएर टालटुल पार्दै आएका छन् । त्यो सम्पत्ति दाइ उत्तमकुमारले भोगचलन गर्दै आइरहेका छन् । तीन वर्ष भयो । त्यो पुख्र्यौली जग्गा हामीले माग्न थालेको वा जग्गाको भोगचलन गर्ने व्यक्तिले बुवा आमालाई हेर्नु भनेका हौं हामीले । दिदी र दाजु न त बुवा आमाको हेरचाह, उपचारै गर्ने न सम्पत्ति नै फिर्ता गर्ने । त्यो जग्गाको भाडा नै मासिक ४० हजारभन्दा बढी उठ्छ ।

८४ वर्षीय बुवा शेरबहादुर शाह प्यारालाइसिसबाट ग्रस्त, आमा अल्जाइमरको बिरामी । बुवाआमा यसरी रोगले ग्रस्त हुँदा र थलिँदा उपचार खर्चसमेत नदिने । परिवारको कोही सदस्य अल्जाइमरको बिरामी हुँदाको सास्ती कस्तो हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ । बुवा/आमापछिकै स्थान हुन्छ, दाजु र दिदीहरूको तर जिम्मेवारी निभाउनुपर्नेहरूले उल्टै मानसिक यातना दिँदै आएका छन् । एउटै कोखबाट जन्मिएको उत्तमकुमारलाई दाइ भनेर सम्बोधन गर्न पनि लाज लाग्छ । दाइ उत्तम ३०/३५ वर्ष पहिला बम्बईमा १०/१२ जनाको ग्रुपसँगै पेट्रोलपम्प लुटेर आएको । यसअघि १०/१२ चोटि रिह्याब सेन्टरमा बसेर २४सै घण्टा नशामा डुबेको । काठमाडौंदेखि टिकापुर र डडेल्धुरासम्मका रिह्याब सेन्टरमा राखिएको । त्यस्तो मान्छेलाई बोकेर, अनेकन आश्वासन दिएर दिदीले आफ्नो बसमा लिइन् ।

नसामा डुबेको मान्छेलाई ५/१० हजार फालिदियो । ल भाइ, तँलाई म बजारको घर दिन्छु, यो वा ऊ दिन्छु भन्ने आश्वासन देखाएर अहिले परिवारविरुद्ध उत्रन लगाइन् । जेठी दिदीलाई नपुग्दो केही छैन । जापानमा छिन् । भिनाजु पनि उतै । काठमाडौंको भेनस अस्पताल नजिकै करोडौंको सम्पत्ति छ । बुवाआमायस्तो दयनीय अवस्थामा पुगेपछि सम्पत्ति फिर्ता गर्नुहोस् भन्यौं । अनेकौं अनुनय/विनय ग¥यौँ । आफन्तलाई भनसुन गर्न लगायौं तर चट्टान पग्लिएला उनीहरूको मन पग्लिएन । उल्टै हाम्रो बदनाम गर्दै हिँड्न थाले । हामीले आजसम्म कसैको पाँच पैसा खाएको छैन । उनीहरू भने भएभरको सम्पत्ति हडपेर जापानमा लुकी बसेका छन् । उल्टै बदनाम गर्दै हिँडेपछि बाध्य भएर मिडियामा आएका हौं । घरभित्रको झगडा घरभित्रै मिलाउनुपर्ने हो तर उनीहरूले कहिल्यै हाम्रो कुरा सुनेनन् । अहिले बुवाको उपचार गर्नसमेत सकस परेका कारण बाध्य भएर मिडियामा आउनुपरेको छ । घर, जग्गा–जमिन सबै एकै छोरीको नाममा राखेर कहाँबाट उपचार गर्ने ? १४ वर्षदेखि बुवाआमाको उपचार जारी छ । बुवा आमाकै नाममा भएको सम्पत्ति वेचबिखन गरेर भए पनि उपचार त गर्न पाउनुप¥यो । अहिले जापानमा बस्दै आएका उनीहरूको घर बानेश्वरमा छ । 

भिनाजु कलेन्द्रविक्रम दलाल हो । उसले ४० जनालाई जापान लगेर पैसा खाएको छ । ऊविरुद्ध श्रम कार्यालयमा उजुरी दर्ता छ । हिजो बम्बैबाट चप्पल लगाएर काठमाडौं छिरेको मान्छे । अहिले कसरी र के आधारमा ५० औं करोडको मालिक भयो ? ऊसँग हाम्रो आफ्नै सम्पत्ति फिर्ता माग्दा भाइमाथि हातपात गरेर उल्टै प्रहरीमा केश ग¥यो । कति पैसा भए पुग्छ उनीहरूलाई ? जेठा दाइ जापान गएको बेला तँलाई घर जग्गा किनिदिन्छु भनेर १८ लाख खायो । त्यसरी आर्जित पैसा खाइदिएकै कारण ऊ जँड्याहा बन्यो । नशामा डुब्यो । दिदीको जहिले पनि माइती मात्रै लुट्ने ध्येय देखियो । आफ्ना भाइ, आमा, बहिनीलाई मारेर कति पैसा चाहिएको हो ? मर्ने बेला पैसा लिएर जाने हो र ? कि घाटमा पैसाले नै जलाउने हो ? उसको यस्तै बदमासीका कारण ९६ वर्षे आमा, भाइले समेत केश हाल्नुभएको छ । आमालाई दुई सातासम्म आइसियूमा राख्दासमेत मुख हेर्न आउन सकेन । ०७२ सालमा ठूलो भूकम्प गयो । त्यसपछि देश विदेशबाट पैसा उठाउने सिलसिला चल्यो । त्यतिखेर उनीहरूले उठाएको पैसासमेत गोलमाल गरे र त्यही पैसाले जग्गा–जमिन जोडे । पैसाका लागि यही नीच व्यवहार देखाउने भएकै कारण डोटीका एक जना सुनार थरका काम गर्ने मान्छे घरमै जलेर बिते ।

यसअघि पुरुषोत्तम आचार्यको समेत यसैगरी १८ लाख रकम चप्काइदिएका छन् । तीन वर्षदेखि धाउँदा धाउँदा नपाएपछि यसरी आफ्नै दिज्यूविरुद्ध मुटुमा गाँठो पारेर तीतो बोल्नुपरेको छ । दिदी इज्जतमा बसिदिएको भए यसरी बोलिरहनुपर्दैन थियो । बाहिरका मान्छेले त लुट्छन् नै आफ्नैबाट लुटिँदाको पीडा धेरै हुँदो रहेछ । पाएसम्म आफ्नै बृद्ध बुवाआमा, दाजुभाइ, दिदीबहिनी कोही नछोड्ने । सबैलाई लुट्ने । इज्जतबिना कमाएको पैसा के काम ? सम्पत्ति कसका लागि ? छोरा छोरीका लागि होइन ? उनीहरूका छोराछोरी आज गलत बाटोमा छन् । ढिलो चाँडो एक दिन पाप धुरीबाट कराउँछ । उनीहरूको बदनियतविरुद्ध जापानी राजदूतावास, परराष्ट्र मन्त्रालयसम्म गुहारेका छौं । जापानका राजदूत पनि पावर र पैसाका लागि काम गर्नुहुँदोरहेछ । महामहिमज्यू, तपार्इंका पनि बुवाआमा होलान् । सन्तान होलान् । बुवाआमालाई यस्तो हविगत पार्ने कुपात्रलाई कानुनी दायरामा ल्याएर काम कारवाही गर्न केले छेक्यो ? यही प्रकरण लिएर रवि लामिछानेकहाँ पनि पुगेका हौं । तर, निहारिका शाहीसँग कुरा गरेपछि मेरो फोन उठाउन छोड्नुभयो । जसरी बीएस राणाको परिवारको वियोगान्त स्थिति छ । त्योभन्दा कम पीडादायी कथा छैन हाम्रो परिवारको ।

– अर्चना र जीवन शाह
 

टिप्पणीहरू