गठबन्धन बैठकपछि माधव नेपाल बालुवाटारबाट सोझै एयरपोर्ट
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिमको धनगढी प्रस्थान गर्नुभएको छ ।
बुद्ध एयरको उडानबाट आज साँझ उहाँ धनगढीतर्फ निस्कनुभएको बताइएको छ । बुद्धको उडान नम्बर बिचए २५५ मा अध्यक्ष नेपाल साँझ साढे ६ बजे काठमाडौँबाट उड्नुभएको हो ।
आजै बिहान कर्णालीबाट काठमाडौँ आइपुग्नुभएका उहाँ सत्ता गठबन्धनको बैठक सकाएर धनगढीको निम्ति सरासर एयरपोर्ट पुग्नुभएको थियो ।
टिप्पणीहरू