रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यवाहक राष्ट्रपतिबाट

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यवाहक राष्ट्रपतिबाट

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुहुने भएको छ । 

भोलि त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आयोजना हुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपराष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन गराउन लागेको हो । १३ औँ संस्करणको यस प्रतियोगिताको उद्घाटन समारोह साँझ साढे ५ बजेका लागि तय भएको परिषदले जनाएको छ । 

राखेपको आयोजनामा केन्द्रस्तरीय प्रतियोगिता बैशाख भोलिदखि तीन दिनसम्म हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट कुल ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तयारी गरिएको थियो । तर उहाँ बिरामी परेपछि उपचारार्थ नयाँ दिल्लीमा रहनुभएकाले कार्यवाहक राष्ट्रपतिसमेत रहनुभएका उपराष्ट्रपति यादवले उद्घाटन गर्न लाग्नुभएको हो ।

टिप्पणीहरू