सन्दीपको अलराउण्ड प्रदर्शनमा कतारमाथि नेपालको सानदार जित

सन्दीपको अलराउण्ड प्रदर्शनमा कतारमाथि नेपालको सानदार जित

नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध सानदार जित हासिल गरेको छ । 

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४०.३ ओभरमा अलआउट हुँदै मात्र १५७ रन बनाएको थियो ।

निकै खराब सुरुआत गरेको नेपाललाई १० औँ नम्बरमा ब्याटिङ गर्न सन्दीपले जितको आश देखाएका थिए । उनले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रन बनाऊबाहेक अन्य ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । जसका कारण नेपाल १५७ मा समेटिएको थियो ।

१५८ रनको सामान्य लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका कतारका खेलाडी नेपाली बलरको धारिलो बलिङका सामु टिक्न सकेनन् । १५ ओभर सकिँदा कतारको ६ विकेट पतन भइसकेको थियो । 

नेपालका तर्फबाट लामिछानेले ५, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिए । 

जितसँगै नेपाल समूह बिजेता विजेता बनेको छ । नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

 

टिप्पणीहरू