सुराकीका नाममा मनपरी खर्च गर्ने व्यवस्था क्याविनेटद्वारा खारेज
गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका लागि आफूखुसी खर्च गर्न पाउने व्यवस्थालाई सरकारले खारेज गरिदिएको छ ।
आज बसेको क्याविनेट बैठकले शान्ति सुरक्षासम्बन्धी व्यवस्थाअनुसार जासुसी परिचालनमा हिसाब किताब गर्न नपर्नेगरी रकम लिन पाउने कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।
‘गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षासम्बन्धी व्यवस्थाअनुसार जासुसी परिचालनमा हिसाब किताब गर्न नपर्नेगरी जुन खर्च गर्ने कार्यविधि थियो । त्यो कार्यविधिलाई खारेज गरिएको छ’, बैठकपछि सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
गृहमन्त्रालयको पदभार सम्हालेलगत्तै सुराकी परिचालनमा हुँदै आएको उक्त खर्च खारेज गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा क्याविनेटमा यो प्रस्ताव लगिएको हो ।
टिप्पणीहरू