टेलिकमको नेटवर्क समस्या सुल्झियो

टेलिकमको नेटवर्क समस्या सुल्झियो

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमले भोल्टी प्रणालीमा आएको समस्या समाधान भैसकेको जानकारी दिएको हो । 

टेलिकमले डाटा तथा भ्वाइस सेवाहरु निर्वाध रुपमा चलिरहेको जनाएको छ । टेलिकमको भोल्टी भ्वाइस सेवामा समस्या देखिँदा बिहानदेखि उपभोक्ताहरु मर्कामा परेका थिए । नेटवर्कमा उत्पन्न समस्याले फोन सम्पर्क हुन सकेको थिएन भने ब्यालेन्स चेक र डेटा पनि अवरुद्ध भएको । हाल उक्त समस्या समाधान भइसकेको टेलिकमले जानेको छ । 

पछिल्लो समय नेपाल टेलिकमको सेवामा पटकपटक समस्या आइरहेको छ । जसका कारण लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको नेटवर्कमा बारम्बार समस्या देखिँदा पनि दीर्घकालीन समाधानका लागि चासो नदेखाएको सेवाग्राहीहरुको गुनासो छ ।

टिप्पणीहरू