महिला उपराष्ट्रपति मागिएको रिट सर्वोच्चद्वारा दरपीठ

महिला उपराष्ट्रपति मागिएको रिट सर्वोच्चद्वारा दरपीठ

सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट निवेदनलाई दरपीठ गरिदिएको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित आज अधिवक्ता राधिका खतिवडाले दर्ता गर्न लगेको रिट निवेदनलाई सर्वाेच्चले दरपीठ गरिदिएको हो । 

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ ।

टिप्पणीहरू