विदेश हिँडेका एन्फा उपाध्यक्ष काठमाडौं विमानस्थलबाट फर्काइए

विदेश हिँडेका एन्फा उपाध्यक्ष काठमाडौं विमानस्थलबाट फर्काइए

फिफाको सम्मेलनमा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही आफ्नो स्थानमा अर्कैलाई पठाइएको जानकारी पाएपछि घर फर्केका छन् । उनी रुवान्डामा आयोजना हुन लागेको विश्व फुटबल महासंघ (फिफा) को ७३औं कंग्रेसमा भाग लिन जाने क्रममा विमानस्थल पुगेका हुन् ।

एन्फाले उक्त सम्मेलनमा शाहीको स्थानमा सदस्य मणिराज विष्टलाई रुवान्डा पठाएपछि उनी एयरपोर्टबाट फर्कन बाध्य भएको बताइएको छ । कार्यक्रममा भाग लिन अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष शाहीको नाम पठाइएको बताइएको छ ।

तीनै जनाको विदेशयात्राको सबै तयारी भइसकेको अवस्थामा विष्टलाई कंग्रेसमा सहभागी गराउने निर्णय शाहीले विमानस्थल पुगेपछि थाहा पाएका हुन् ।

टिप्पणीहरू