बाग्मतीमा ७० नम्बर पाए लाइसेन्स पाइने

बाग्मतीमा  ७० नम्बर पाए लाइसेन्स पाइने

बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ । नयाँ मापदण्डअनुसार ट्रायल दिँदा कूल एक सय पूर्णाङ्कमा ७० ल्याउने परीक्षार्थीले लाइसेन्स प्राप्त गर्नेछ । 

आजैदेखि नयाँ मापदण्डअनुसार लाइसेन्स परीक्षा लिनेगरी काठमाडौँको चन्द्रगिरी नगरपालिका-१२ गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रदेशका यातायात मन्त्रीसहितको उपस्थितिमा कार्यक्रम शुरु भएको छ । कार्यक्रममा श्रम तथा यातायात मन्त्री एकलाल श्रेष्ठ, प्रमुख सचिव मुकुन्द निरौला, यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङका प्रमुख सन्जय थापा लगायतको उपस्थिति छ । 

अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् । यो व्यवस्था अरु ६ प्रदेशमा यसअघि नै कार्यान्वयनमा आइसकेको भए पनि बागमतीमा लागू हुन् सकेको थिएन ।
 

टिप्पणीहरू