कोरियाका १०८ बौद्ध तीर्थयात्रीले नेपाल र भारतमा ११ सय किलामिटर यात्रा गर्ने

कोरियाका १०८ बौद्ध तीर्थयात्रीले नेपाल र भारतमा ११ सय किलामिटर यात्रा गर्ने

दक्षिण कोरियाका १०८ जना तीर्थयात्रीले नेपाल र भारतमा ११ सय किलोमिटर लामो बौद्ध यात्रा गर्ने भएका छन् । उनीहरुले नेपालको लुम्बिनी र भारतको उत्तर प्रदेशमा पर्ने उक्त दूरी ४३ दिनमा पूरा गर्ने कार्यतालिका बनाएको बताइएको छ ।

यो यात्रा भोलिबाट शुरु भएर चैत ९ गते पूरा हुनेछ । नेपालको लुम्बिनीदेखि भारतका सारनाथसम्मको बुद्ध सर्किट उनीहरुले पैदल यात्राबाट सम्पन्न गर्ने निधो गरेका हुन् । भारतीय सूचना तथा प्रशारण मन्त्रालयका सचिव अपूर्व चन्द्रका अनुसार भारत र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षको अवसरमा उक्त कार्यक्रम तय गरिएको हो ।

उत्तर प्रदेशको सारनाथबाट शुरु हुने उक्त पैदल यात्राको संयोजन कोरियाको साङ्गोल समाज र जोग्ये अर्डरले गरेको हो ।

टिप्पणीहरू