जुन धार्मिक मेलामा ३५ लाख नेपाली जुट्दैछन् साँखुमा आयोजना हुने १ महिने शाली नदी मेलाको तयारी पूरा

जुन धार्मिक मेलामा ३५ लाख नेपाली जुट्दैछन्  साँखुमा आयोजना हुने १ महिने शाली नदी मेलाको तयारी पूरा

धार्मिक तथा पर्यटकीय महत्व बोकेको काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुमा आयोजना हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ।  शुक्रबार साँखुमा आयोजित एक पत्रकार सम्मेलनमा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सो कुराको जानकारी दिनुभयो।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने उक्त मेला यो वर्ष यही पौष २२ गतेदेखि माघ २२ गतेसम्म आयोजना हुने सो कार्यक्रमका संयोजक एलपी श्रेष्ठले जानकारी दिनुभयो । माधवनारायण ब्रतालुका लागि यस वर्ष पनि साँखुबाट बाहिर (पशुपति,फर्पिङ,पनौती र चाँगुनारायण ) जाने क्रममा उहाँहरुका सरसामान ओसार्नका लागि गाडीको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।

सो मेलामा शालिनदी यातायात प्राली,बाबा गोकर्णेश्वर यातायात प्रालि लगायतले यातायात सेवा प्रदान गर्ने र प्रत्येक गाडीमा भाडादरसमेत टाँसेर सेवा उपलब्ध गराउने बताईएको छ । शान्तिसुरक्षालाई ख्याल गर्दै शालिनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेरा तथा महानगरीय प्रहरी प्रभागबाट विशेष प्रहरी टोलीसमेत परिचालन गरिएको बताईएको छ।

सो मेलामा ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटकहरू सहभागी हुने आयोजकले अपेक्षा गरेको सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू