एनसेलको विश्वकप लाइभ स्क्रिनिङमा उल्लासमय सहभागिता

एनसेलको विश्वकप लाइभ स्क्रिनिङमा उल्लासमय सहभागिता

एनसेल आजियाटा लिमिटेडले आयोजना गरेको ‘२२ औं फिफा विश्वकप फुटबल २०२२’ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।नेपालको अहिलेसम्मकै ठूलो स्क्रिनमा अन्नपूर्ण होटलको पुलसाइडमा देखाइएको फाइनलमा झण्डै दुई हजारको उपस्थिति रहेको बताइन्छ । एनसेलले आइतबार लाइभ स्क्रिनिङमा खेला देखाएको थियो । 

कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनको व्यवस्थासमेत गरिएको थियो । अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको प्रत्यक्ष प्रशारण निकै उल्लासमय बनेको कम्पनीको दाबी छ । आमन्त्रित निजी संघ संस्थाका प्रतिनिधि, वित्तीय संस्थाका प्रतिनिधि, व्यावसायिक क्षेत्रका पाहुना, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र तिनका परिवारले आनन्द लिएको एनसेलले जनाएको छ । 

५९९ रुपैयाँमा पाइने ६० जीबीको ‘होम एण्ड अवे डेटा प्याक’ को खरिद गरेका ग्राहकलाई निःशुल्क पासको प्रबन्ध मिलाइएको थियो । मिडिया हबको मुख्य सहयोगमा एनसेलले कार्यक्रमको आयोजना गरेको जानकारी दिइएको छ ।

कार्यक्रममा गीतसंगीतसँगै खानाका विभिन्न परिकार राखिएको थियो । दर्शकहरुले ऐतिहासिक तथा रोमाञ्चक फाइनल खेलको आनन्द लिएको एनसेलको दाबी छ ।

टिप्पणीहरू