धुवाँ धेरै फाल्नेलाई एक लाखसम्म जरिवाना

धुवाँ धेरै फाल्नेलाई एक लाखसम्म जरिवाना

सरकारले सवारीसाधनहरुको अनिवार्य रुपमा प्रदुषण जाँचपास गराउन आग्रह गरेको छ । 

सवारी साधन प्रदुषण जाँचपास नगरी सवारी चलाएमा एक लाख जरिवाना तिराउनेसमेत चेतावनी दिइएको छ । 

वन तथा वातावरण विभागले “आगामी पौष १ गतेसम्म विभागको परिक्षणमा जाँचपास हुन नसक्ने सवारी साधनहरुलाई कानुनबमोजिम एक लाख जरिवाना र तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँचपास गराएर सार्वजनिक स्थानमा सञ्चालन हुन दिइने छ” सूचनामा भनिएको छ । 

विभागले हालै मात्र काठमाडौँमा गरेको सवारीसाधनको छड्के जाँचमा अधिकाँश सवारी साधनहरुको प्रदुषण जाँचपास नगरिएको पाइएको छ । 

त्यसैैले,विभागले हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा प्रदुषण जाँचपास अनुत्तिर्ण हुने सवारीलाई कानुनबमोजिम जरिवानाका साथसाथै कारबाहीसमेत गरिने जनाएको छ । 

आफ्नो टोल,छरछिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको भए विभागलाई जानकारी गराउन अनुरोध गरिएको छ । उक्त जानकारी गराउनेको परिचय गोप्य राखी दोषीलाई कारबाही गरिनेसमेत भनिएको छ ।

टिप्पणीहरू