पुस १ गतेदेखि रक्सी, गाडी र मोबाइल जति ल्याए पनि छुट

पुस १ गतेदेखि रक्सी, गाडी र मोबाइल जति ल्याए पनि छुट

सरकारले आगामी पुस १ गतेदेखि विदेशी महँगा रक्सी,कार तथा मोटरसाइकल र मोबाइल आयात गर्न दिने भएको छ । विदेशी मुद्रा सञ्चिती अभावका कारण लगाइएका ती वस्तुको आयातलाई सहज बनाउने भन्दै मन्त्रिपरिषदको हिजोको बैठकले उक्त निर्णय गरेको छ । 

‘क्याबिनेट बैठकले गाडी, मदिरा,मोबाइल र मोटरसाइकललगायत चार प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिरपछि फुकुवा गर्ने निर्णय गरेको छ,’ बैठकमा सहभागी एक जना मन्त्रीले भने ।
ती वस्तु आयातमा लगाइएको फुकुवा गर्न मन्त्रिपरिषद् बैठकले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चितीमा उल्लेख्य बृद्धि नभए पनि सरकारले गरेको पछिल्लो निर्णय सकारात्मक नभएको नेपाल राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

टिप्पणीहरू