माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालक बिते, पछाडि बस्ने सिकिस्त

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालक बिते, पछाडि बस्ने सिकिस्त

सिरहामा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । धनगढीमाई नगरपालिका–७ मा प्रदेश–२–०१–००१ प ३९८२ नम्बरको मोटरसाइकललाई बा.२१ च ५८४४ नम्बरको माइक्रोले ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेशकुमार मण्डल हुन् । दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी १८ वर्षीया पर्वतीदेवी मण्डल घाइते भएकी छन् । उनको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।

हिजो बेलुकीको दुर्घटनामा गम्भीर घाइते भएका अमरेशकुमारको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

माइक्रोबस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू