अफगानिस्तानमा पाइन नटस् भित्र्याउने चटारो

अफगानिस्तानमा पाइन नटस् भित्र्याउने चटारो

लामो समयदेखिको द्वन्द्व र राजनीतिक अस्थिरताका बीच पनि अफगान नागरिकले आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिएका छन् । अधिकांश सुख्खा मौसम हुने र कम उर्वरभूमि रहेको अफगानिस्तानमा अन्यत्र कम पाइने ड्राइ फ्रुट्स पाइन्छ ।

त्यसमध्ये पाइन नट्स पनि एक हो । बदाम, पेस्ता र काजु जस्तै स्वादको उक्त ड्राइ फ्रुट्सको सिजन शुरु भएको छ । यसलाई स्थानीयले प्रशोधन गरेपछि व्यवसायीले छिमेकी चीन, पाकिस्तान,इरान, भारतलगायत मुलुकमा निर्यात गर्छन् ।

मध्यपूर्व र युरोपमा पनि पनि यसको माग निकै रहेको बताइन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका हामिदुल्लाहले खिचेको तस्बिरमा त्यहाँको नान्गाहार प्रान्तका स्थानीय उक्त ड्राइ फ्रुट्स भित्र्याउन व्यस्त देखिन्छन् ।

टिप्पणीहरू