पोखरामा स्कुटर दुर्घटना : बुवा बिते, छोरी सिकिस्त

पोखरामा स्कुटर दुर्घटना : बुवा बिते, छोरी सिकिस्त

पोखरामा भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ । स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन् । नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग. २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । मृत्यु हुने राई तनहुँको व्यास नगरपालिका १, दमौलीका स्थानीय हुन् । स्कुटरको पछाडी सवार राईकी १५ वर्षीया छोरी सोनी गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारको निम्ति फिस्टेल अस्पताल लगिएको थियो । चालक राईको उपचारकै क्रममा मृत्यु भएको हो । सोनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू