माेटरसाइकल दुर्घटनामा बितेकाको परिचय खुलेन

माेटरसाइकल दुर्घटनामा बितेकाको परिचय खुलेन

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयामा गएराति मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको हो ।

जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका ३० वर्षिय पुरुषलाई उपचारको निम्ति प्रादेशिक अस्पताल जनकपुर पुर्याउने बितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू