नबिल एसइइका २० जनालाई ‘इनेब्लर अफ सोसल अन्टरप्रेनरशीप’ अवार्ड

नबिल एसइइका २० जनालाई ‘इनेब्लर अफ सोसल अन्टरप्रेनरशीप’ अवार्ड

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवद्र्धनको निम्ति शुरू गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम नबिल एसइईको पहिलो ब्याचका २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइइएफ नेपालले उक्त अवार्ड प्रदान गरेको हो ।

गत शनिबार काठमाडौंमा आयोजित सिएनआइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीलाई सामूहिक रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।

गत चैत ७ गतेदेखि सुरू पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका तीन सय ५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आवद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिरहेको छ ।

फेलोशिप कार्यक्रमका सहभागीहरूले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफी शपलगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाई र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम छ महिनासम्म चल्छ ।

बाँकी छ महिनाका लागि सबै सहभागीाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानको निम्ति सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि थालिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

सिएनआइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरूलाई उद्यमशिलता प्रवद्र्धन गर्न आयोजना गरिएकोे थियो । कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वबका विभिन्न विषयमा प्रेरणादायी अनुभव प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सात नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारमा लगनी गर्न २४ करोड ५० लाख रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समरोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

टिप्पणीहरू