दारा सिंहको त्यो दमदार दनक
सन् १९७६ अप्रिल महिना । काठमाडौँका सडकमा ठुल्ठूला पोष्टर देखा पर्यो । पोष्टरमा दारा सिंह, उनका भाइ रन्धावालगायत पहलमानको फोटा थिए । दशरथ रंगशालामा हुने उक्त कुस्ती खेललाई ‘वल्र्ड च्याम्पियन कुस्ती प्रतियोगिता’ नाउँ दिइएको थियो । प्रतियोगितामा भाग लिन आएका पहलमानहरूको एउटा समूह बागबजारस्थित ल्होत्से होटल र अर्को समूह पुल्चोकस्थित नारायणी होटलमा बसेका थिए ।
प्रचार यसरी गरिएको थियो मानौं यी दुई समूह एकअर्काको कट्टर विरोधी हुन् । प्रतियोगिताको टिकट रातारात…