जनआस्थाविरुद्धको अर्को मुद्दामा पनि विनोद चौधरीको हार
विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आस्था प्रकाशन प्रालिविरुद्ध हालेको मुद्दामा लज्जास्पद हार व्यहोर्नुपरेको छ । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठसहितलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा दाबी नपुग्ने फैसला भएको हो ।
ललितपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश पुनाराम खनालको इजलासले भर्खरै दाबी नपुग्ने फैसला सुनाएको छ । जनआस्थाले गत असार २४ गते ‘लिम्चुङबुङमा पहिले मदिरा, अहिले वाइवाइ बर्जित’ शीर्षकमा समाचार प्रकाशित गरेको थिय…