समाचार

काँग्रेसबाट प्रधानमन्त्रीका दाबेदार अर्का उम्मेदवार विजयी

तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले एमाले उम्मेदवार एकबहादुर रानालाई फराकिलो मतान्तरले पछाडि पारेका हुन् । पौडेलले २५ हजार ३१३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी रानालाई १९ हजार ९२५ मत प्राप्त भएको छ । सोही क्षेत्रबाट काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत ल्याएका छन् ।

Page 984 of 1060