मतगणना गराइपाऊँ भन्दै दोलखामा सत्ता गठबन्धनको मसाल जुलुस

मतगणना गराइपाऊँ भन्दै दोलखामा सत्ता गठबन्धनको मसाल जुलुस

दोलखामा सत्ता गठबन्धन निकट दलका युवाहरुले मसाल जुलुस निकालेका छन् । सदरमुकाम चरिकोटमा मतगणनाको माग गर्दै गठबन्धन निकट युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

 नेकपा एमालेले निर्वाचन आयोगमा गठबन्धनले दोलखाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै उजुरी दिएपछि अहिलेसम्म मतगणना शुरु भएको छैन ।

गठबन्धन दलका उम्मेदवार,नेता तथा कार्यकर्ताले आज दिउँसो मोटरसाइकल र्यालीसहित सिठ्ठी जुलुस निकालेकोमा साँझ भने मसाल जुलुस निकालेका हुन् ।

टिप्पणीहरू